
काठमाडौं, फागुन २१ :
प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले काठमाडौँ क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा मतदान गरेकी हुन्।
साथै उनले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् ।
मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने भएको उनको भनाई छ ।
मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”