शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

निर्वाचनको प्रारम्भिक मतपरिणाम आउने क्रम जारी, रास्वपाको उत्साहजनक लहर

· शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
निर्वाचनको प्रारम्भिक मतपरिणाम आउने क्रम जारी, रास्वपाको उत्साहजनक लहर
काठमाडौं, फागुन २२ :

हिजो सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

शुक्रबार बिहान साढे ७ बजेसम्म हालसम्म देशका ३८ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएकव छ  । तीमध्ये ३३ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।

नेपाली कांग्रेस ३ र नेकपा एमालेका उम्मेदवारले २ स्थानमा अग्रता लिएका छन् ।

काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका छन् ।

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा वरिष्ठ नेता बालेन शाहले भारी मतले पछाडि पारेका छन् ।

शाहले १४७६ मत ल्याउँदा ओलीले ३८४ मत मात्र पाएका छन् ।

अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार