
झापा, फागुन २२ :
झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली बालेन्द्र शाहभन्दा पछाडि परेका छन् । अहिलेसम्म ७ हजार ६ सय ५१ मत गणना गर्दा बालेन ५ हजार २ सय ५४ मत पाएका छन् । ओलीले १ हजार २ सय ५४ मत पाएका छन् ।
बालेन्द्र शाह निकै अगाडि रहेका छन् । श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत प्राप्त गरेका छन् । झापा-५ मा कांग्रेसकी मन्धरा चिमरियाले १८५, नेकपाका रञ्जित तामाङले १२९ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाएका छन् ।