रुकुमपूर्व, फागुन २२ :

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । १५ हजार ८२३ मत गणना हुँदा प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् । 

प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत प्राप्त गरेका छन् ।  त्यहाँ कुल १९ हजार १०६ मत खसेको थियो ।