मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
फाइल तस्बिर ।
काठमाडौै, फागुन २२ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा उनलाई निर्वाचनको दुई दिन अघि प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार