शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो

· शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो
संखुवासभा, फागुन २२ :

सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ ।

भौगोलिक रूपमा निकै विकट सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका चारवटा मतदान केन्द्रका मतपेटिका आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो भने प्रतिकूल मौसमका कारण भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदामको मतपेटिका शनिबार बिहान ल्याइने भएको छ ।

जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिकाभित्रका चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताए ।  

हालसम्म जिल्लाका १६४ मतदान केन्द्रको मतपेटिका सङ्कलन भइसकेको प्रजिअ थपलियाले बताए । भोलि बिहान सबै पालिकाको मतपेटिका आइसकेपछि सर्वदलीय बैठक गरेर मतगणना सुरु गरिने बताइएको छ ।

मत गणनाका जिल्ला समन्वय समितिको सभा हलमा मत गणना स्थल समेत तयार पारिसकिएको छ । गणना स्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार