
बाँके, फागुन २३ :
बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन् ।
नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्थानमा रहे ।