
बाँके, फागुन २३ :
बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त गर्नुभएकोे निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिए ।
चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् । यसैगरि नेकपा (एमाले)का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वाग्लेले बताए ।