
काठमाडौं, फागुन २३ :
काठमाडौँ–५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल विजयी भएका छन् ।
उनले ३० हजार ७ सय ३७ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ जस्ता चर्चित उम्मेदवारहरूलाई हराएर पोखरेल विजयी भएका छन् ।