बझाङ, फागुन २३ :

बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उनले १८ हजार ५४३ मत ल्याएका छन् ।

महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् ।