रुपन्देही, फागुन २३ :

रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा लेखजङ्ग थापा ५८ हजार ८१४  मत प्राप्त गरी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका  अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरे ।