
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको जन्म वि.सं. २०४६ साल माघ २५ गते काठमाडौँको नरदेवीमा भएको हो।
रास्वपा प्रवेश गर्नुपूर्व उहाँ २०७९ जेठदेखि २०८२ माघ ४ गतेसम्म काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा कार्यरत थिए।
भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमतिसँगै रास्वपाका वरिष्ठ नेता बन्नुभएका बालेन शाह युवा माझ निकै लोकप्रिय छन्।
उहाँ र्यापर, संगीत निर्माता, गीतकार, निर्देशक तथा इन्जिनियर पनि हुन्।
वि.सं. २०७२ सालको महाभूकम्पपछि उनले उद्धार तथा नक्सा निर्माण कार्यमा सक्रिय भूमिका खेलेका थिए।
नवनिर्वाचित शाह अब नेपालको प्रधानमन्त्री हुने निश्चित प्राय: भएको छ । तर रास्वपाले प्रकृयागत रुपमा शाहलाई संसदीय दलको नेता चयन गर्नुपर्नेछ ।
अबको यात्रा प्रधानमन्त्रीतर्फ
बालेनको यो विजयले अब उनको प्रधानमन्त्रीको यात्रा निश्चित गरेको छ ।उनले यापर हुदै राजनीतिमा प्रवेशपछि मेयर बने अनि प्रधानमन्त्रीको उम्मेदवारसम्म उनको यात्रा अब प्रधानमन्त्रीतर्फ उन्मुख छ ।
चारपटक प्रधानमन्त्री, छ पटक सांसद, तीनपटक पार्टीको अध्यक्ष बनेका केपी शर्मा ओलीलाई एमालेको पकढ मानिने झापामै गएर बालेन शाहले पराजित गरेका छन् । ३६ वर्षीय इन्जिनियर, पूर्व र्यापर तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह बालेनले एउटा इतिहास रचेका छन् ।
चार वर्ष अगाडिसम्म नयाँ पुस्ताबीच र्यापरका रूपमा मात्र चर्चित बालेन २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा विजयी भए ।
तर गत भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनपछि उनको राजनैतिक परिपक्वता देखियो । आन्दोलनपछि प्रधानमन्त्री बन्ने प्रस्तावलाई उनले अस्वीकार गर्दै राजनैतिक प्रणाली बसाल्नुपर्छ भन्ने कुरालाई जोड दिएको देखियो ।
बालेनले उठाएको जोखिम आज अनुमोदित भएको छ तर यो भारी जनमतलाई अब उनले कसरी संसदसम्म पुर्याउछन् त्यो हेर्न बाँकी छ ।