शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री

सक्रिय न्युज · आइतबार, २४ फागुन, २०८२ मा प्रकाशित
महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक छ: प्रधानमन्त्री
काठमाडौं, फागुन २४ :

प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकी छन् ।

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित भएको उल्लेख गरेकि छन् । उनले भनेकि छन्, “उनीहरुलाई अझै विश्वास गरिहाल्ने र ? भन्ने मनोविज्ञान ज्युँ का त्यूँ छ । हिजो चुलाचौकामा बेहोरेको विभेद्को नयाँ स्वरुप आज कार्यस्थलमा छ ।” अब हाम्रो लक्ष्य केवल सहभागिता बढाउने मात्र होइन, अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ  ।

“अहिले शिक्षाको विस्तार भएको छ, चेतनाको स्तर उठेको छ । त्यसैले महिला अधिकारका लागि अझ दृढताका साथ अगाडि बढिरहेका छन् । हामीले यो पनि बुझ्नुपर्छ कि सबै महिलाको अवस्था समान छैन,” सन्देशमा भनिएको छ । उनले समाजमा पछि परेको, विकासको मूलधारबाट वञ्चित समुदायका महिला अझै बढी प्रताडित भएको पनि उल्लेख गरेकि । उनले विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका महिला तथा सीमान्तकृत समुदायका महिलाको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिविम्बित हुन आवश्यक रहेको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले समानता, सशक्तीकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको र त्यो दायित्व राज्यको मात्र नभइ राजनीतिक दलहरू, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगत, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदारको साझा जिम्मेवारी भएको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, “जब महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्नेछन्, तब मात्र लोकतन्त्र सुदृढ हुन्छ । तब मात्र संविधानको मर्म कार्यान्वयन हुन्छ । तब मात्र समृद्ध, न्यायपूर्ण र समतामूलक नेपाल निर्माण सम्भव हुन्छ ।”

उनले दिवसले हामी सबैमा समानता, न्याय, समावेशीता र लोकतान्त्रिक चेतनालाई अझ सशक्त बनाओस् भन्ने शुभकामना पनि गरेकी छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार