
काठमाडौै, फागुन २४ :
सर्लाही–४ मा पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहलाई बधाई दिएका छन् ।
सभापति थापाले सामाजिक सञ्जाल फेसबुकबाट सिंहलाई बधाई दिँदै आफूलाई मत दिएका सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले लेखेका छन्,‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ।’
थापाले आफू पराजित भए पनि त्यस क्षेत्रमा देखेका समस्या सम्बोधन गर्न निरन्तर लाग्ने उल्लेख गरेका छन् । उनले भने, ‘मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’