सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद भलिबल

नेपालले श्रीलङ्कालाई सोझो सेटमा हरायो

· बिहीबार, १८ साउन, २०८१ मा प्रकाशित
नेपालले श्रीलङ्कालाई सोझो सेटमा हरायो

काठमाडौँ, साउन १७ : आजदेखि सुरु भएको काभा महिला भलिबल नेसन्स लिग प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 
नेपालले श्रीलङ्कामाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पाखा लगाउँदै विजयी भएको हो। 
यो जितसँगै नेपालले ३ अङ्क जोडेको छ । अब नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार