आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ चैत, २०८२ मा प्रकाशित
मुख्यमन्त्रीलाई घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ
धनगढी, चैत २ :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाटै पक्राउ गरिएका भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । 

उद्योग मन्त्रालयले सोधेको स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।भट्टविरूद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराध सम्बन्धी जाहेरी दिएका थिए । भट्टले केही दिनअघि एक अन्तर्वार्ता सरुवा गर्ने क्रममा मुख्यमन्त्री शाहले आफूबाट ५ लाख घुस मागेको आरोप लगाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार