आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

पूर्वसांसद चालिसेसँग ५ लाख धरौटी माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ चैत, २०८२ मा प्रकाशित
पूर्वसांसद चालिसेसँग ५ लाख धरौटी माग
काठमाडौं, चैत २ :

विशेष अदालतले पूर्वसांसद सन्तोष चालिसेसँग ५ लाख धरौटी माग गरेको छ । सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले थुनछेक बहस गर्दै धरौटी माग गरेको हो ।

गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा ८ करोड ५६ लाख रुपैयाँको सम्पत्ति जोडेका उनले ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

योमध्ये उनले ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले चालिसेसहित उनकी पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे र सञ्जिव चालिसे र बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा  मंसिर २८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार