काठमाडौं, चैत २ :

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता हात पारेको बताएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले कांग्रेस, एमाले र नेकपाले सोचेको भन्दा कम ल्याएको र रास्वपाले अनपेक्षित सफलता हात पारेको बताए।

रास्वपाले भ्रष्टाचार अन्त्य गर्छु भनेर भनेको स्मरण गराउँदै उनले अब भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा राखे । त्यस्तै विश्वकर्माले कांग्रेस नफुटेको जिकिर गर्दै अहिले पार्टीको आधिकारिकता कसको भन्ने कुरो अदालतले टुँगो लगाउने धारणा राखे ।

आफूहरुले विशेष महाधिवेशनलाई स्वीकार नरहेको र निर्वाचनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ छ । उनले पार्टी विवादका विषयमा अदालतबाट आउने फैसलालाई सम्मान गर्ने बताए।