सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
अर्थतन्त्र सेयर बजार

सेयर बजार ६४.६९ अंकले बढ्यो, २१ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ चैत, २०८२ मा प्रकाशित
सेयर बजार ६४.६९ अंकले बढ्यो, २१ अर्बको कारोबार
काठमाडौं, चैत ५ :

सेयर बजार ६४.६९ अंकले बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८७७ मा कायम भएको छ ।अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको भयो ।  परिसूचक र कारोबार रकम दुवैमा बढोत्तरीले लगानीकर्तामा उत्साह देखिएको छ ।

सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै सान्जेन जलविद्युतको ८, माथिल्लो तामाकोशीको ७.५३, एनआईसी एसिया बैंकको ६.०९, सिटिजन्स बकैंकको ५.८३ तथा माछापुच्छ्रे बैंकको ५.५८ प्रतिशत मूल्य बढ्यो ।माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशत घट्यो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार