काठमाडौ, चैत ६ :

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताएका छन्  ।

सभापति गगन थापाको राजीनामा, आगामी नियमित महाधिवेशन, चुनावको समीक्षा र भावी रणनीति र कार्य योजना बैठकका मूल एजेन्डा रहेको सो पार्टीले जनाएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको कमजोर नतिजामा आफूलाई जिम्मेवार ठान्दै सभापति थापाले राजीनामा दिएका छन् । राजीनामाको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।