सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, गगन थापा अनुपस्थित

लिखित रूपमा दुई वटा प्रस्ताव पेस ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ चैत, २०८२ मा प्रकाशित
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, गगन थापा अनुपस्थित
ललितपुर, चैत ६ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा जारी बैठकमा सभापति गगन थापाको राजीनामा, निर्वाचनको प्रारम्भिक समीक्षा लगायतका विषयमा छलफल भइरहेको नेताहरुले जनाएका छन् ।

 विशेषगरी बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ । यद्यपि बैठकमा राजीनामा दिएका सभापति थापा भने उपस्थित भएका छैनन ।

पार्टी महामन्त्री गुरुराज घिमिरेका अनुसार, बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिने पनि बताए ।  पहिलो बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिएर अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्ने उनले बताए । थापाले केही दिनअघि उपसभापति शर्मा समक्ष राजीनामा बुझाइसकेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार