आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
राजनीति

प्रतिनिधिसभा सदस्यहरुको शपथ र प्रारम्भिक बैठकको तयारी पूरा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० चैत, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा सदस्यहरुको शपथ र प्रारम्भिक बैठकको तयारी पूरा
काठमाडौं, चैत १० :

संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको सपथ र सभाका प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पुरा गरेको जनाएको छ ।

मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउदै संसद सचिवालयले सपथ र सभाका प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक सम्पूर्ण तयारी गरिएको जनाएको हो । 

सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा नै प्रारम्भिक चरणका बैठकहरु बस्ने छन् । त्यसका लागि सिटहरु, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगाएतको व्यवस्थापन भइरहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनले बहुउद्देश्यीय हल नजिकै नयाँ भवनमा नै कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको हल र सभामुख बस्ने कोठाको पनि व्यवस्थापन गरिएको उल्लेख गरे । प्रवक्ता गिरीले नयाँ संसद भवनको निर्माणको अवस्था हेर्दा सपथपछि संसदको पहिलो अधिवेशनको सवै बैठकहरु बहुउद्देश्यीय हलमा नै हुने देखिएको बताए ।

उनले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्नुपर्दा निकै जटिलताहरु देखा पर्ने भएकाले छिटो भन्दा छिटो संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेको बताए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथ यहि चैत्र १२ गते बहुउद्देश्यीय हलमा नै हुने संसद सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार