
काठमाडौं, चैत १० :
नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसमितिले गरेको निर्णयको सम्मान गर्ने बताएका छन्। थापालेको राजीनामालाई बैठकले अस्वीकृत गरेको थियो।
मंगलबार सभापतिको रुपमा बैठकमा उपस्थित हुँदै थापाले प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएको स्पष्ट पारे। उनले यो कुनै दबाब र ग्लानीको विषय नभएको भन्दै जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको उनले बताए ।
निर्वाचनमा जनताले कांग्रेसलाई प्रतिपक्षीको जिम्मेवारी दिएको भन्दै उनले पाँच वर्षसम्म रास्वपाको सरकारलाई गुण र दोषको आधारमा सहयोग र साथ रहने बताए ।
नयाँ बन्ने सरकारले तीव्र गतिमा जनताको आशा र विश्वास जागृत हुने काम गर्ने सक्ने थापाको भनाइ थियो । तीव्र गतिको नाममा दुर्घटना नहुने गरी काम गर्न पनि रास्वपालाई थापाले सुझाव दिए ।