सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश लुम्बिनी प्रदेश

बर्दियामा प्रहरीद्वारा हवाई फायर, १० जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० चैत, २०८२ मा प्रकाशित
बर्दियामा प्रहरीद्वारा हवाई फायर, १० जना घाइते
बर्दिया, चैत १० :

बर्दियामा लागु औषध कारोबारविरुद्ध प्रदर्शन गर्दै स्थानीयले अवरुद्ध पारेको नेपालगन्ज–गुलरिया सडक खण्ड खुलाउन पुगेको प्रहरी र स्थानीयबीच झडप भएको छ ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले  १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

झडपमा केही स्थानीय र १० जना सुरक्षाकर्मी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको हो । 

झडपमा नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका तीन जना गरी १० जना घाइते भएका छन् । घाइतेमध्ये प्रहरी सहायक हवलदार सन्तोष विकको अवस्था गम्भीर छ । उनको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ । लागु औषधको 'ओभरडोज' का कारण स्थानीय दुई युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयले सीमा नाका बन्द गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार