
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।
आज बिहान ११ बजेदेखि बैठक सुरु हुने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् ।
हिजोबाट जारी बैठकमा पुरानै एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
हिजो सभापति गगनकुमार थापाले भदौ २४–२६ मा १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेपछि केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम जारी छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले यही चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेस गरेका हुन् ।
यस्तै समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञ सहितको समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।