शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी

उनी भन्छन्- निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ चैत, २०८२ मा प्रकाशित
जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी
काठमाडौं, चैत ११ :

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष प्रतिपक्षलाई समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए । “हामी सबैको साझा शत्रु भनेको गरिबी, रोग, भोक र कुशासन हो, त्यसका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ । 

विसं २०१५ पछि जनताबाट प्राप्त उत्साहसहितको असीमित जनादेश छ, त्यसलाई रक्षा गर्नु संसद र सरकारको कर्तव्य हो”, उनले भने, “म निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु, प्रत्येक सभामुखको कुर्सीमा रहेपछि देशको संविधान, संसद्को नियमावली, संसदीय अभ्याससहितका आधारमा ‘रुलिङ’ गर्नुपर्ने हुन्छ । म हरेक सांसदको विशेषाधिकारको रक्षकका रुपमा काम गर्नेछु ।”

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् । उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार