काठमाडौं, चैत ११ :

जेन-जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले  पूर्वप्रधानमन्त्री एवं तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाबारे अनुसन्धान गर्न सिफारिस गरेको छ । भदौ २३ मा भएको आन्दोलनमा जेनजी प्रदर्शनकारीहरुले नेताहरूको घरमा समेत तोडफोड र आगजनी गरेका थिए ।

सोही क्रममा देउवा निवासमा तोडफोड र आगजनी हुँदा पैसा भेटिएको तस्बिर र भिडियो सार्वजनिक भएको थियो । त्यसबारे अनुसन्धान हुनुपर्ने भन्दै गौरीबहादुर कार्की आयोगले सरकारलाई सिफारिस गरेको हो ।  सम्पत्ति शुद्धीकरण विभागले पनि देउवा निवासमा पुगेर जाँचबुझ गरेको थियो ।

भदौ २३ गते नयाँबानेश्वरस्थि संसद् भवन अगाडि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जना युवाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट आक्रोशित प्रदर्शनकारीले नेताहरुको घर छानीछानी आगजनी गर्नुका साथै  सिंहदरबार, सर्वोच्च अदालत लगायतका महत्त्वपूर्ण संरचनामा आगो लगाएर खरानी बनाएका थिए ।