शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार कृषि

सुनसरीमा किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सक्रिय न्युज · बिहीबार, १२ चैत, २०८२ मा प्रकाशित
सुनसरीमा किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ
काठमाडौ, चैत १२ :

सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् ।

पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ ।

जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ ।

सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको उनले बताए ।

जिल्लामा हाल चार हजार ६०० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । गत वर्ष चार हजार छ हेक्टरमा गरिएको चैते धानखेतीबाट २३ हजार १६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, “चैते धानमा बर्खे धानको तुलनामा रोग तथा कीरा कम लाग्ने र उत्पादन पनि राम्रो हुने भएकाले किसानको आकर्षण बढ्दो छ । जिल्लामा विशेषगरी चैते–१, चैते–५ र हर्दिनाथ–३ जातको धान बढी रोप्ने गरिएको छ । चैते धानको उत्पादन राम्रो हुने र बजार मूल्यसमेत अनुकूल रहने भएकाले किसानले चैते धानखेती गर्न रुचाउने गरेका छन् ।”

सुनसरीको बराहक्षेत्र नगरपालिका–५, ६ र ७, रामधुनी नगरपालिका–६, ७ र ९, भोक्राहा तथा इटहरीलगायत क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको छ । नहर तथा पैनी सिँचाइ सुविधा पुगेका र तरकारीखेती कम हुने क्षेत्रमा यस्तो धानखेती बढी हुने गरेको सूचना अधिकारी श्रेष्ठले बताए ।

रामधुनी–७ का किसान डम्बर माझीले चैत महिनाभित्र रोपाइँ सके राम्रो उत्पादन हुने भएकाले हाल आफूहरू धान रोपाइँमा व्यस्त रहेको बताए । “चैत २० देखि २२ गतेभित्र रोपिसक्नुपर्छ, चैत महिनापछि रोपाइँ हुँदा उत्पादन कम हुन्छ”, उनले भने ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार