काठमाडौ, चैत १४ :

नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् ।

एमाले अध्यक्ष केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारी पछि सामाजिक संजालमा लेख्दै  उनले नेपाली समाजले प्रतिशोधको राजनीति नरुचाउने बताएका छन् ।

उनले पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले नरुचाउने उल्लेख गरेका छन् ।

उनको स्टाटस जस्ताको तस्तै

"बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो।पार्ट टु भनौ होला ।पार्ट थ्री कति समयमा पुग्ने हो?पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन।पुर्वाग्रह र प्रतिसोध फाईनल्ली राम्रो हुदै होईन।जस्लाई जे सुकै लागोस।"