बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

ओली-लेखक पक्राउको विरोधमा कांग्रेस देउवा समूहले संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ चैत, २०८२ मा प्रकाशित
ओली-लेखक पक्राउको विरोधमा कांग्रेस देउवा समूहले संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
काठमाडौं, चैत १४ :

नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय शीर्ष नेताहरूको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यवाहक सभापतिको हैसियतमै विज्ञप्ति जारी गर्दै पूर्णबहादुर खड्काले आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्तालाई तयार रहन अपिलसमेत गरेका छन् ।

कुनै पनि प्रक्रिया पूरा नगरी तत्कालिन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप र राजनीतिकरूपमा पूर्वाग्रह प्रेरित रहेको खड्काको विज्ञप्तिमा उल्लेख छ । भाद्र २४ गतेको घटनामा सम्लग्नलाई पनि कारबाही गर्नु पर्ने कांग्रेस देउवा पक्षको माग रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार