
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले डाकेको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ ।
पूर्णबहादुर खड्काको अध्यक्षतामा महाराजगन्जस्थित स्मार्ट होटलमा जारी बैठकमा डा. शेखर कोइरालासहित निवर्तमान पदाधिकारी र ६० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको छ । खड्कालाई देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि उनले आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् ।
बैठकमा डा.शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइराला निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार महालक्ष्मी उपाध्याय ‘डिना’ बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, एनपी साउद, श्यामकुमार घिमिरे, अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, रमा कोइराला पौड्याल बैठकमा उपस्थित भएका छन् ।
यस्तै विद्यादेवी तिमल्सिना, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, मानबहादुर विश्वकर्मा, राजीवविक्रम शाह, मानबहादुर नेपाली, ध्यानगोविन्द रञ्जित, जीवनबहादुर शाही, मोहनबहादुर बस्नेत, जीतजंग बस्नेत, मीन विश्वकर्मा पनि सहभागी छन् ।
डा. मिनेन्द्र रिजाल,दिलेन्द्र बडू, रामहरि खतिवडा, शिव हुमागाई, पदमनारायण चौधरी, मदन अमात्य, सिता गुरुङ, भीम पराजुली, सरस्वती अर्याल तिवारी, महिन्द्र लिम्बु, दिपक गिरी, गेहेन्द्र गिरी पनि बैठकमा उपस्थित छन् ।
यस्तै उमेशजंग रायमाझी, सुजाता परियार, हरिशंकर परियार, गुरु बराल, शान्ति परियार बिक, सिता राना र वीरबहादुर बलायर, ललितजंग शाही,कुन्दन काफ्ले, पुष्प पराजुली, अर्जुनजंगबहादुर सिंह, राधा घले, डा. रणबहादुर रावल, गणेश लामा, कल्याणी रिजाल, किरण पौडेल, प्रदीप सुनुवार, गोविन्द भट्टराई, आशा बिक, शारदा पौडेल, जीवन राना र सुशीला मिश्र पनि बैठकमा सहभागी छन् ।
त्यसो त विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको अवस्थामा कांग्रेसमा समानान्तर बैठकले पार्टी विभाजनको अवस्था सिर्जना गर्ने देखिएको छ ।