काठमाण्डौँ , असोज १९ :

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा चार सयले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला  एक लाख ६१ हजार तीन सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला तीस रुपैयाँले वृद्धि भएको छ । आज चाँदी एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।