_I5cb5RiFds.jpg)
ललितपुर, चैत २१ :
नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएकोअभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र डिला संग्रौलालगायत सहभागी छन्।
नेपाली कांग्रेसले महाधिवेशनको तयारी स्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो ।
यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ ।