बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
राजनीति

राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर, कुन समितिमा को थपिए ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर, कुन समितिमा को थपिए ?
काठमाडौं, चैत २२ :

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गरेका छन् । अध्यक्ष दाहालले रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत् तिमल्सेना, वासुदेव घिमिरे र महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गरेका हुन्।

यसैगरी, सांसद रामकुमारी झाँक्री, प्रेमप्रसाद दङ्गाल, खम्मबहादुर खाती र गीता देवकोटालाई विधायन व्यवस्थापन समितिमा मनोनयन गरिएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ बोर्तेल, मीना सिंह, सुनिलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्णलाई मनोनयन गरिएको छ ।

सङ्घीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजङ्ग शाही र धर्मेन्द्र पासवानलाई मनोनयन गरिएको छ । सभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक भोलि १२:१५ बजे हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार