बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
राजनीति

राष्ट्रियसभा बैठकमा इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ चैत, २०८२ मा प्रकाशित
राष्ट्रियसभा बैठकमा इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण
काठमाडौं, चैत २३ :

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराएका छन् । 

बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले पुँजी बजारमा लगातार गिरावट आएको, सवारी दुर्घटना, पश्चिम एसियमा रहेका नेपाली कामदार, बढ्दो महँगी, बढ्दो साइबर अपराध, इन्धनको मूल्यवृद्धिका लागि मुद्रास्फिति बढेको, सरकारी कार्यालय र शिक्षण संस्थामा दुई दिन कार्यालय बिदा दिइनुले पार्ने प्रभावबारे धारणा राखेका थिए ।  उनीहरूले बजारको मूल्यवृद्धिको  प्रभावकारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे ।

सो समयमा कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, पदमबहादुर परियार, मनरुपा शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्णप्रसाद अधिकारी, सावित्री पन्तले धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार