बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
राजनीति

राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ चैत, २०८२ मा प्रकाशित
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित
काठमाडौं, चैत २३ :

राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् ।

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको मात्रै उम्मेदवारी परेपछि सोमबार बसेको राष्ट्रियसभा बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य प्रेम प्रसाद दंगालले भण्डारीलाई राष्ट्रियसभा उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामा उक्त प्रस्ताव सर्वसम्मत पारित भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्षको सपथ र पदभार मंगलबार हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाको अर्को बैठक चैत्र २५ गते बुधबार बोलाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार