सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

कलाकार ‘बले’ माथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ चैत, २०८२ मा प्रकाशित
कलाकार ‘बले’ माथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान जारी
काठमाडौं, चैत २३ :

जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज विज्ञप्ति जारी गर्दै अभद्र व्यवहार गर्न नहुने कसुरमा यही चैत २० गते पक्राउ परेका कलाकार बलेमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले विभिन्न सामाजिक सञ्जाल र व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित एकाउण्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न-नगराउन काठमाडौँ प्रहरीले सबैलाई अनुरोध गरेको छ । 

बलात्कार आरोपमा पक्राउ परेका होइनन्, अभद्रमा अनुसन्धान

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार