मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह#दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस #लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह#दुई वटा अध्यादेश#राष्ट्रपतिसमक्ष सिफारिस
समाचार राजनीति

संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक सिंहदरबारमा बस्दै

सक्रिय न्युज · बुधबार, २५ चैत, २०८२ मा प्रकाशित
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक सिंहदरबारमा बस्दै
काठमाण्डौं, चैत २५ :

मन्त्रिपरिषद्को यही चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधानसभा सदस्य भीष्मनाथ अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं संविधान सभाका सदस्य देव प्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सदस्य छन् । 

यसैगरी, कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव  पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य छन् ।  कार्यदलको सदस्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लीलाधर सुवेदी छन् ।

नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यदलमा प्रतिनिधित्व गर्ने सदस्य आजै चयन गर्ने अपेक्षा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार