सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति

संविधान संशोधनमा कांग्रेसले खोजेको चार विषयको स्पष्टता के हो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ चैत, २०८२ मा प्रकाशित
संविधान संशोधनमा कांग्रेसले खोजेको चार विषयको स्पष्टता के हो ?
काठमाडौं, चैत २५ :

नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने कार्यदलमा सहभागी हुनुअघि चार विषयमा प्रष्टता माग गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै कार्यदलको विधि, कार्यक्षेत्र, राजनीतिक उद्देश्य र सरकारको प्रतिबद्धताबारे स्पष्ट नभएसम्म सहभागी नहुने जनाएका छन्।

कांग्रेसले कार्यदलको अधिकार क्षेत्र र भूमिका अस्पष्ट रहेको, संविधान संशोधन जस्तो संवेदनशील विषयलाई सहभागितामूलक र समावेशी बनाउन सरकारको धारणा प्रष्ट हुनुपर्ने, संसदबाहिरका दल तथा विभिन्न पहिचानमुखी समुदायलाई कसरी समेटिन्छ भन्ने स्पष्ट हुनुपर्ने र सरकार तथा नेतृत्वकर्ता दलको संविधानप्रति प्रतिबद्धता खुलाउनुपर्ने माग राखेको छ।

संविधान संशोधनलाई लोकतान्त्रिक प्रक्रिया मान्दै कांग्रेसले आवश्यक परिमार्जनका लागि सहयोग गर्ने जनाएको छ। साथै, व्यापक छलफल र सहमतिका आधारमा मात्र संशोधन अघि बढाउनुपर्नेमा जोड दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार