मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश बागमती प्रदेश

पाटनमा दाजुभाइको ह*त्यामा संलग्नमाथि अनुसन्धान सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ चैत, २०८२ मा प्रकाशित
पाटनमा दाजुभाइको ह*त्यामा संलग्नमाथि अनुसन्धान सुरु
ललितपुर, चैत २६ :

ललितपुर प्रहरीले ललितपुर पाटनको कृष्णमन्दिर परिसरमा बुधबार राति भएको दाजुभाइको ह*त्या प्रकरणमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले दाजुभाइमाथि छुरा प्रहार गरि हत्या गर्ने ललितपुर महानगरपालिका–९ भूलढोकाका सञ्जीव नेपाली र उनका सहयोगी गैँडाकोटका गगन सुनारलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

सामान्य फोन कल गलत नम्बरमा पुगेपछि विवाद सुरु भएको र त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटनमा बोलाएको खुलेको छ । पाटनमा भेटका क्रममा सञ्जीवले झापाको कमल गाउँपालिका–६ का वर्ष ३३ का सुमित नेम्बाङ र बर्ष २५ का सृजन नेम्बाङलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी बोगटीले जानकारी दिए ।

पक्राउ परेका सञ्जीव नेपाली मासु पसलमा काम गर्ने गरेको र यसअघि पनि अपराधिक गतिविधिमा लागेको देखिएको प्रहरीले जनाएको छ । घटनाको सीसीटीभी क्यामरा र प्रत्यक्षदर्शीसँग सोधपुछ गरेर थप अनुसन्धान भइरहेको एसएसपी बोगटीले बताए

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार