आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्छ : सभामुख अर्याल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ वैशाख, २०८३ मा प्रकाशित
आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्छ : सभामुख अर्याल
काठमाडौै, वैशाख २ :

नेपालमा पहिलो अन्तराष्ट्रिय आरोग्य दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघले आरोग्य दिवस को मान्यता दिएपछि बुधबार सैनिक मञ्‍च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको हो । यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा समेत गरे

अन्तर्राष्ट्रिय आरोग्य दिवस कार्यक्रममा प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्यालले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताए । उनले विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावका बीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने उल्लेख गरे। नेपाललाई नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।

त्यसैगरी, पर्यटनमन्त्री खड्कराज पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्नेमा उल्लेख गर्दै नेपालले विश्वलाई नयाँ मार्गदर्शन दिन सक्ने बताए । विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले अहिलेको विश्‍वमा आरोग्य अति आवश्यक भएको उनको भनाइ छ ।

मन्त्री पौडेलले सरकारले आरोग्य पर्यटनलाई सफ्ट पावरका रूपमा विकास गर्ने नीति लिएको जानकारी दिए । सरकारले आरोग्य पर्यटनलाई दीगो विकास, सांस्कृतिक संरक्षण र स्थानीय समुदायको समृद्धिसँग जोड्ने लक्ष्य राखेको समेत उनको भनाइ छ । कार्यक्रममा नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई “अन्तर्राष्ट्रिय आरोग्य दिवस”का रूपमा औपचारिक मान्यता दिएको थियो । उक्त मान्यतापछि विश्वभर पहिलो पटक यो दिवस मनाइएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार