काठमाडौं, वैशाख ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता मनिष झाले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गरिने जानकारी दिए ।

पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशनको कार्यतालिका तय गरिएको उनले बताए  ।

यसैबीच रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ ।

उक्त बैठकमा सचिवालय बैठकले तय गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसूची रहेको बताइएको छ । रास्वपाले पछिल्लो समय संगठनात्मक संरचना मजबुत बनाउने अभियानलाई तीव्रता दिँदै आएको छ ।