बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
समाचार

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन, नदिए कारबाही हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ वैशाख, २०८३ मा प्रकाशित
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन निर्देशन, नदिए कारबाही हुने
काठमाडौं, वैशाख ९ :

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउनुपर्ने ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ।

हालै सार्वजनिक सवारीको भाडा वृद्धि भएपछि विद्यार्थीहरूले निर्धारित छुट नपाएको गुनासो बढेपछि विभागले यस विषयमा चासो देखाएको हो। हेलो सरकार तथा विभिन्न गुनासो माध्यममार्फत विद्यार्थीहरूले छुट नपाएको उजुरी आएपछि विभागले तत्काल ध्यानाकर्षण गराएको जनाएको छ।

विभागका अनुसार सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था पहिलेदेखि नै कायम रहेको छ र यसलाई निरन्तरता दिन व्यवसायीहरूलाई स्पष्ट निर्देशन दिइएको छ। यदि तोकिएको छुट नदिएको पाइएमा सम्बन्धित व्यवसायीमाथि कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार