
शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्वासी बस्ती हटाउनेबारे सरकारले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।सरकारले सुकुम्वासी बस्ती हटाउन लागेको हो ? भनी सोधिएको प्रश्नमा उनले बस्ती हटाउने विषयमा कुनै निर्णय नभएको बताएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै काठमाडौँसहित देशभरको सुकुम्वासी बस्ती हटाउन निर्देशन दिएका थिए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउनेक्रममा उनलाई त्यसबारेमा पत्रकारहरुले प्रश्न सोधेका थिए ।
सरकारका प्रवक्ता पोखरेलले यस विषयमा कुनै जानकारी नरहेको बताएपछि प्रधानमन्त्री शाहको एकल निर्णयबाट सुकुम्वासी बस्ती हटाउन खोजिएको त होइन भन्ने प्रश्न उब्जेको छ । प्रधानमन्त्री बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा देखिनै सुकुम्वासी बस्ती हटाउन चाहन्थे ।
तत्कालीन सरकारबाट सहयोग नपाएपछि उनी यो निर्णयबाट पछिहट्न बाध्य भएका थिए । विकल्प बिना सुकुम्वासी बस्ती हटाउन नहुने अधिकांशले सरकारलाई सुझाव दिँदै आएका छन् ।