मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

थापाथलीका सुकुम्वासी आन्दोलित, केही धमाधम सामान सार्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ वैशाख, २०८३ मा प्रकाशित
थापाथलीका सुकुम्वासी आन्दोलित, केही धमाधम सामान सार्दै
काठमाडौं, वैशाख ११ :

थापाथलीस्थित बागमती नदी किनारमा लामो समयदेखि बस्दै आएका सुकुम्वासीहरु आन्दोलित भएका छन्। सरकारले समय तोकेरै शनिबार र आइतबारमा बस्ती छाड्न भनेपछि उनीहरु आन्दोलित भएका हुन् । 

वैकल्पिक व्यवस्था नगरिकनै आफूहरुलाई हटाउन लागेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।ब्यानर र प्लेकार्डसहित उनीहरुले सरकारी निर्णयको विरोध गर्दै आवासको प्रबन्ध गरिदिन माग समेत गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा शसस्त्र प्रहरी,जनपथ प्रहरी र महानगर प्रहरीले मिलेर भोलि बिहानैदेखि सुकुम्वासी बस्ती खाली गराउने तयारीमा जुटेका छन् । सुरक्षाकर्मीले माइकिङ गरेर सरसामान सार्न, वृद्ध र बालबालिकालगायतलाई सुरक्षित स्थलमा लैजान भनेपछि कतिपय सरसामान पनि सार्न थालेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार