काठमाण्डौँ , असोज २१ :

नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँचले बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ ।