शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार प्रदेश बागमती प्रदेश

बीपी राजमार्ग अवरुद्ध: मंगलटारमा अलपत्र यात्रुको उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ वैशाख, २०८३ मा प्रकाशित
बीपी राजमार्ग अवरुद्ध: मंगलटारमा अलपत्र यात्रुको उद्धार
काभ्रे, वैशाख १३ :

 बीपी राजमार्ग अवरुद्ध हुँदा काभ्रेको मंगलटार क्षेत्रमा अलपत्र परेका सयौँ यात्रुको उद्धार कार्य सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार बिहानदेखि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा जोखिमयुक्त स्थानमा रहेका यात्रुलाई पैदलमार्ग हुँदै सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे वैकल्पिक यातायातको व्यवस्था मिलाउने प्रयास भइरहेको छ।

अत्यधिक वर्षासँगै रोशी खोलामा पानीको बहाव बढ्दा अस्थायी डाइभर्सन बगाएको र विभिन्न स्थानमा पहिरो खस्दा शनिबार दिउँसोदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि बस, माइक्रोबस र निजी सवारी साधन रोकिन पुगेका छन् भने यात्रुहरू सडकमै अलपत्र परेका छन्। प्रहरीका अनुसार वर्षा नरोकिएसम्म सवारी सञ्चालन पुनः सुचारु गर्न कठिन हुने देखिएको छ। सडक डिभिजन कार्यालयले मौसममा सुधार आएपछि मात्रै डाइभर्सन मर्मत र पहिरो पन्छाउने काम अघि बढाइने जनाएको छ। गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बनेको यो राजमार्ग सानो वर्षामै पनि पटक–पटक अवरुद्ध हुँदै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार