शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
समाचार प्रदेश बागमती प्रदेश

बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुन: अवरुद्ध

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ वैशाख, २०८३ मा प्रकाशित
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुन: अवरुद्ध
फाइल तस्बिर ।
काभ्रे, वैशाख १६ :

बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। रोशी खोलामा मंगलबार राति आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि बुधबार बिहानैदेखि काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ, धुलीखेल लगायतका ठाउँमा सवारी साधन रोकिएका छन् ।

प्रहरीले डाइभर्सना निर्माण गरेर सवारी सञ्चालन गर्न समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। सडकबारे जानकारी लिनको लागि नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ। 

दुई दिनअघि मात्र डाइभर्सन निर्माण गरिएको छ । यसपटक बर्खामा बीपी राजमार्गमा सवारी साधन आवतजावतमा समस्या हुने देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार