सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति

संवैधानिक मार्ग अनुसार अघि बढ्न सरकारलाई एमाले उपाध्यक्ष पौडेलको सुझाव

संसद् बन्द गरेर अध्यादेश ल्याउनु ठिक होइन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ वैशाख, २०८३ मा प्रकाशित
संवैधानिक मार्ग अनुसार अघि बढ्न सरकारलाई एमाले उपाध्यक्ष पौडेलको सुझाव
फाइल तस्बिर ।
काठमाडौं, वैशाख १६ :

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित २७ औँ यदु स्मृति दिवस तथा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पौडेलले वर्तमान सरकार संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत अघि बढ्न खाजेको भन्दै संवैधानिक मार्गदर्शन अनुसार अघि बढ्न सुझाव दिए।

उनले ट्रेड युनियन अधिकार र विद्यार्थीहरूको संगठित हुन पाउने अधिकारलाई नजरअन्दाज गर्ने खालका विषयमा एमाले ध्यान गएको समेत बताए । अहिले अध्यादेशको सिलसिला सुरु भएको भन्दै पौडेलले संसदबाट कानुन निर्माण गर्ने बाटो तर्फ अघि बढ्न समेत सरकारलाई सुझाव दिए ।

उनले नेपालमा अहिले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का व्यहोर्नु परेको उल्लेख गर्दै आफ्ना भूलत्रुटिहरू स्वीकार गर्दै त्यसलाई सच्चाउदै आन्दोलन पुनर्गठन गरिने धारणा राखे । नेपालको कम्युनिस्ट आन्दोलन नयाँ शिरमा अगाडि बढाउँदै एमालेलाई लोकतान्त्रिक, क्रान्तिकारी र देशभक्त शक्तिको रुपमा स्थापित गर्ने उनको भनाइ छ ।

कार्यक्रममा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार