
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा रहेको छ ।
स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।